सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ४ चैत । म्ुलुकभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ३ हजार ९९६ जना संक्रिय संक्रमित छन् । तीमध्ये ३ हजार ९२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार थपिएका कोरोना बिरामीसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १८० पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ । यस्तै ९ लाख ६२ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण शून्य छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।