सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ४ चैत । माध्यमिक तह कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जेठ १६ देखि सुरू हुने परीक्षा नौ दिनसम्म सञ्चालन हुने छ । परीक्षा तालिकादेखि अन्य विवरण चाँडै नै बोर्डको वेबसाइटमा राखिने उनले जानकारी दिए । यसअघि जेठ १८ गतेदेखि परीक्षा गर्ने प्रस्ताव गरिए पनि बोर्ड बैठकले दुई दिनअगाडि सारेर जेठ १६ देखि सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ।