बेनीका पाँच वडामा मकै ब्लक 

शनिबार, चैत ५, २०७८
मयुर प्लाई
Global Ime Bank

म्याग्दी, ५ चैत । म्याग्दीको बेनी नगरपालिकाको पाँच वटा वडामा मकैको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत बेनी नगरपालिका १ रत्नेचौर, ४ नम्बर वडा सिंगा, ५ नम्बर वडा पुलाचौर र ९ नम्बर वडा घतानमा मकै ब्लक कार्यक्रम शुरु गरिएको हो ।  
नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र वजारीकरणमा सघाउने उद्देश्यले सो कार्यक्रम सुरु भएको बताए । “नगर कार्यपालिकाको निर्णय अनुसार कृषकहरुको सञ्चालक समिति गठन र सम्झौता गरी कार्यान्वयन थालिएको छ,” उनले भने “नयाँ कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. २५ लाख ५० हजार बजेट बिनियोजन भएको छ ।”
कार्यक्रम मार्फत कृषकहरुलाई निःशूल्क तालिम र प्राविधिक सहयोगका साथै सिचाईमा ८५ र  कृषि औजार, बिउ र बिषादीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने कृषि अधिकृत ढुङ्गानाले बताए । यसैगरी बेनी नगरपालिकाको पशु सेवा शाखाले ३४ कृषकलाई माछाका १६ हजार भुरा वितरण गरेको छ । कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, रघु र नैनी जातको माछाका भुरा वितरण गरिएको शाखाका प्राविधिक प्रदिप गौतमले जानकारी दिए । 
“कृषकहरुबाट माग र निवेदन सङ्कलन गरेर बिनियोजन भएको बजेटको सीमा भित्र रहेर भुरा खरिद गरी वितरण गरिएको हो,” उनले भने “कृषकहरुलाई माछापालन प्रति आकर्षित गराउने, माछा उत्पादन बढाउने, आयआर्जन बढाउन सघाउने र आयात घटाउने लक्ष्य छ ।”–रासस
 
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार