सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ७ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८।०७ अङ्कले उकालो लागेर दुई हजार ६३४।६५ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सन्सेटिभ परिसूचक १।९२ अङ्कले उकालो लागेर ४९६।३० मा उक्लेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अपेक्षित वृद्धि भएन । कूल २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर रु दुई अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ मूल्यमा कारोबार भयो ।
नेप्सेका अनुसार सोमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन १३।६१ र अन्य ४२।१३ अङ्कले ओरालो लागेको छ ।
त्यस्तै, बैंकिङ ५।९२, व्यापार ३५।२५, विकास बैंक १३३।९६, जलविद्युत् ८३।६७, वित्त ५६।०४, निर्जीवन बीमा ४६।२९, उत्पादन ३४।८१, लघुवित्त ३३।३७, जीवन बीमा १७२।३५, सामूहिक लगानी ०।०९ र लगानी ०।९२ अङ्कले उकालो लागेको छ ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३५ अर्ब ३५ करोड ३५ लाख ९० हजार ६८८ बराबर पुगेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९४ लाख ५७ हजार २२९ बराबरको कारोबार भयो ।
यस्तै, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड २३ लाख ३९ हजार ११९, जीवन विकास लघुवित्त रु नौ करोड छ लाख ४४ हजार ५४२, अपी पावर कम्पनी रु नौ करोड दुई लाख ५९ हजार र शिवम् सिमेन्ट रु आठ करोड ७३ लाख ६६ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार इमर्जिङ नेपाल ९।९८, ङादी ग्रुप अफ पावर ७।६७, माउन्टेन हाइड्रो नेपाल ६।७४, कर्णाली डेभलपमेन्ट बैंक ६।४९ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५।५७ प्रतिशतले कमाए ।
त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी २।९७, नबिल डिवेञ्चर दुई, एनआइबिएल समृद्धि फन्ड दोस्रो १।९६, एनआइबिएल प्रगति फन्ड १।९३ र सिटिजन म्युचुअल फन्ड दोस्रोका लगानीकर्ताले १।८१ प्रतिशतले गुमाएका छन् ।