सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ८ चैत । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नका लागि सातै प्रदेशमा टुरिजम मार्ट सुरु गरिएको बताएका छन् । टुरिजम मार्टले भारतीय पर्यटक भित्रयाउन मद्दत पुग्ने उनको विश्वास छ । न्युज एजेन्सी नेपालसँग मंगलबार कुराकानी गर्दै डा. रेग्मीले भारतका विभिन्न सहरका पर्यटक घुम्न आतुर रहेकाले त्यी पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको बताए । उनले पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल सरकारको कुनै प्याकेज बिना नै अत्याधिक मात्रामा आउने गरेकाले थप व्यवस्थित बनाएर पर्यटक बढाउनको लागि टुरिजम मार्ट अभियान सुरु गरिएको बताए । कोरोना महामारीपछि भारतीय पर्यटक घुम्नको लागि उपयुक्त गन्तव्य खोजीमा रहेकाले त्यो गन्तव्य समयमा नै नेपाल हो भने परिचित गर्नु पर्ने आवश्यक रहेको डा.रेग्मीले बताए । उनले बोर्डले भारतका विभिन्न शहरका टुर अपरेटरहरुसँग सहकार्य गरेर टुर अपरेटरको माध्यमबाट नेपालमा भारतीय पर्यटक बढाउने योजना बनाएको सुनाए । पछिल्लो समय भारतीय पर्यटक बढदै गएकाले सिमावर्ती क्षेत्रमा ठूला ठूला होटल तथा मनोरञ्जन जोनहरु समेत सञ्चालनमा आएको उनले जानकारी दिए । तर अहिले भएका पर्यटन प्रवद्धनका लागि सबै भौतिक संरचना पूर्णरुपमा व्यवस्थित नभएर पनि आएका पर्यटकलाई सन्तुष्ट बनाउन सक्ने अवस्थामा नेपालको पर्यटन क्षेत्र तयार रहेको डा. रेग्मीको भनाई छ । उनले कोरोना महामारीको थला परेको पर्यटन उद्योगलाई नयाँ सोचका साथ प्रवद्धन गर्ने उद्देश्यले बोर्डले नयाँ तरिकाबाट काम गर्न लागेको जानकारी दिए । पछिल्लो १० वर्षको अवधिमा नेपालमा पर्यटन प्रवद्धनको लागि धेरै भौतिक संरचनाको विकास भएको जानकारी दिँदै डा. रेग्मीले सिमाबर्ती क्षेत्रमा ठूला होटल, क्यासिनो, मनोरञ्जनका जोन, विशेष गरेर नेपाली परिकारका खानाहरु प्रशस्तहरुमा आएकाले भारतीय पर्यटक घुम्नको लागि उपयुक्त गन्तव्य नेपाल बन्ने बताए । उनले भने, ‘हामीसँग हजारौको संख्यामा पर्यटक आए भने भौतिक संरचना समस्या हुन्छ । हाम्रा प्रदेशहरु सिमित भौतिक पूर्वाधारहरु रहेका छन । तर सकारात्मक कुरा के छ भने पछिल्लो १० वर्षभित्र त्यहाँको भौतिक संरचनाको लेभल छ । त्यो सकारात्मक रुपमा विस्तार हुँदै गएको छ । सिमा बोर्डर क्षेत्रमा ठूला होटलहरु त्यति नै मात्रामा खुलेका छन । क्यासिनोहरु आएका छन। मनोरञ्जन जोनहरु आएका छन् ।’ 'विशेष गरेर नेपाली परिकारका खानाहरु प्रशस्तमा आएका छन् । यस्ता कुराको प्रचार गर्नु सके ती स्थानहरु उपयुक्त गन्तव्य बन्न सक्छन', उनले भने, 'ती स्थानमा भारतीय पर्यटक शुक्रबार आएर शनिबार र आइतबार घुमेर सोमबार अफिस पुग्न सक्छन उनले भने, एक दुई घण्टा ड्राइभ गरेर नेपाल आएर दुई दिन मनोरञ्जन गरेर तेस्रो दिन अफिसमा पुग्न सकिन्छ । भारतीय नागरिकलाई कहाँ जाऔं कहाँ जाऔं भन्ने भएको हुनसक्छ रेग्मीले भने, यस्ता गन्तव्यहरु छनत्यहाँ हावा पानी मौसम फरक छ । अहिले आएको हामीले दिन सक्दैनौं । भारतीय पर्यटक सबैले महँगो पाँच तारे होटल पनि खोजेको हुँदैन । हाम्रो संस्कृति देखाउनु पर्छ । यति धेरै होमस्टे खोलिएको छ । तीनलाई बेच्न सक्नुपर्छ । प्याकेज बनाउँदा नै व्यक्तिको आय अनुसारको प्याकेज बनाउनु पर्छ ।'
'नेपालमा पाँच तारे होटलदेखि सामान्य किसिमका होटलसम्म छन् । ती सबै भरिभराउ हुन्छन् । होटलमा जानेहरुको आर्थिक अवस्था फरक फरक छ । सस्ता होटलमा खर्च कम गर्ने पर्यटकलाई खुवाउन सक्छौं । त्यसैले हामीले सबै खाले पर्यटक नेपालमा ल्याउन सक्नुपर्छ', उनले भने, 'नआउँ भन्दा भन्दै पनि भारतीय पर्यटकलाई धेरै आएका छन् । बोर्डरमा पाँच तारे होटलहरु समेत खोलिएको छ । यो व्यापार नभइ खुलेको होइन । भारतीय पर्यटक नेपालमा घुम्ने इच्छा बढदै गएकाले पर्यटकको लागि होटल तथा मनोरञ्जन जोनहरु बोर्डर क्षेत्रमा खुलेका हुन ।' 'पर्यटकका लागि सबै भौतिक संरचना सुपर छ भन्दिन । तर तराई तथा अन्य क्षेत्रमा जुन किसिमले नयाँ पर्यटकिय गन्तव्य खुलेका छन। त्यही संरचनाबाट भारतीय पर्यटकहरुलाई सन्तुष्ट बनाएर पठाउन सक्छौं । यसरी पर्यटकको सख्या बढाउँछौं भने दीर्घकालिनरुपमा त्यो स्थानमा अन्य मुलुकका पर्यटकको लागि सेवा सुविधा दिन सक्ने गरी विकास गर्न सक्छौं' उनले भने, 'अहिले छोटो दुरीका हवाई उडान सुरु गरेका छौं । जसमा धनगढीबाट पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र विरगञ्ज उडानबाट त्यसको रिजल्ट पोखरामा देख्नुहुन्छ । पोखराका होटलहरु भारतीय पर्यटकहरुले भरिभराउ छन् ।' 'काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोटमा मात्रै भर पर्ने हो भने यति पर्यटक आउने थिएन । अहिले हाम्रो पर्यटन बढाउने नीति र्बोडरबाट गाडी आउने गाडी एयरर्पोटमा राखेर हवाई मार्फत पोखरा दुई घुम्ने र फेरी विरगञ्ज आएर गाडीमा भारत जान सक्ने भएका छन्' उनले भने, पर्यटक देश भित्र ल्याउन गाह्रो तर देशभित्र ल्याएपछि पर्यटकलाई गन्तव्यको जानकारी दिएर हिमाल पहाड तिर लान सक्छौं । पर्यटक विकासको लागि नेपालको सबै उद्योग लाग्यो भने नेपालको भविष्य राम्रो छ । पर्यटक ल्याउने कुरामा छुटै किसिमले हेरौं र पहिला कै अवस्थामा ल्यायने प्रयास गरौं भन्ने र्बोेडको उद्देश्य हो ।’
डा.रेग्मीले सरकारले पर्यटन प्रवद्धन गर्नका लागि नयाँ तरिकाबाट नेपालमा भएका सबै गन्तव्यको प्रचार गरेर त्यही अनुसारको प्याकेज बेच्न सक्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय नेपालको हवाई उडानमा पनि काठमाडौं केन्द्रित हुन नपरेकाले पर्यटकको लागि राम्रो भएको बताए । अहिले भारतबाट पर्यटकहरु गाडिमा विरगञ्ज आएर एयरर्पोटमा गाडी राखेर त्यहीबाट पोखरा घुम्न सक्ने वातावरण बनेको छ डा. रेग्मीले भने । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गरेर भारतीय पर्यटन बढाउने बोर्डको योजना बनाएको बताए ।