तोलामा ५०० बढ्यो सुनको मूल्य

आइतबार, फागुन २३, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्थानीय बजारमा आज  सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।  मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले नै उकालो लागेको छ । तोलामा ८५ हजार १५० रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० रुपैयाँमा कारोवार हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार