शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रमा सुधार आउँछ : शिक्षा मन्त्री

प्याब्सन)को १५ औँ राष्ट्रिय महाधिवेशनमा शिक्षामन्त्री देवेन्द्र पौडेल सहभागी
बुधबार, चैत ९, २०७८
मयुर प्लाई

 काठमाडौं, ९ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताएका छन् ।  निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वतः सुधार हुने बताएका हुन् । उनले देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको बताए ।  शिक्षामा सुधार गर्ने देशहरुले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको उनको भनाइ थियो । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएको उल्लेख गर्दै शिक्षालाई देशको समृद्धिको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी नेपालीहरु भौतिक समृद्धि र आत्मिक समृद्धिको खुशीमा अगाडी बढनु छ र त्यसको निम्ति पहिलो ढोका भनेको शिक्षा हो । खुशी हुने ढोका । शिक्षा भएन भने देशको अरु कुराको सुधारको सम्भावना छैन । जुन देशले शिक्षामा सुधार ग¥यो त्यो देशले अरु क्षेत्रमा प्रगती गरेको हामी पाउँछौँ ।’ 
‘देशको समग्र समृद्धिको निम्ति सक्षम इन्जिनियर, सक्षम डाक्टर, सक्षम शिक्षक, सक्षम प्राध्यापक चाहियो । सक्षम व्यक्ति र व्यक्तित्वहरुको आवश्यकता हुन्छ । र हामी भौतिक समृद्धिको बाटोतर्फ अगाडी बढन सक्छौँ । र त्यो भौतिक समृद्धि प्राप्त गर्नको निम्ति शिक्षा नभइ नहुने महत्वपूर्ण विषय हो । हामी सबैलाई थाहा छ शिक्षा सेवा हो । शिक्षा वस्तुको व्यापार होइन । स्वास्थ्य र शिक्षा भनेको संविधानले लेखे अनुरुप नागरिकले प्राप्त गर्ने मौलिक हकको रुपमा सचीकृत भएको विषय हो । र यो शिक्षालाई हामी सेवामुलक राष्ट्र निर्माण गर्ने, समृद्धि निर्माण गर्ने, सक्षम नेपाली निर्माण गर्ने एउटा अभियानको रुपमा शिक्षालाई प्रयोग गर्न सक्यौँ । शिक्षालाई सुधार गर्न सक्यौँ भनेदेखि देशका अरु क्षेत्रहरु स्वतः सुध्रिन्छन । यही कुरामा हामी अगाडी बढनु छ’ उनले भने ।
मन्त्री पौडेलले देशलाई सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेको बताए । शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोडने शिक्षा आवश्यक रहेको उनको भनाई छ । उनले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठयक्रम बनाउनुपर्ने बताए । उनले भने, ‘अदक्ष जनशक्ति उत्पादन गरेर थुप्रो लगाउने थलोको रुपमा होइन, सक्षम जनशक्ति उत्पादन गर्ने, देशलाई समृद्धिसँग जोडने, जीवनसँग जोडने । गफ गरेर अरुलाई उपदेश गर्ने शिक्षाको हाम्रो देशजस्तो विकाशोन्मुख देशमा आवश्यक छैन ।’ 
‘हाम्रो देशमा शिक्षा ग्रहण गर्ने, त्यसलाई सिपमा बदल्ने, सिपलाई रोजगारमा जोडने, र शिक्षा, सिप र सिकाइलाई समृद्धिसँग जोडने । हामीलाई जे चाहिने हो त्यही कुरालाई सम्बोधन गर्नेगरी हाम्रा पाठयक्रमहरुलाई संविधानको भाषा अनुरुप संविधानमा तिनवटा शब्द छ, शिक्षालाई वैज्ञानिक बनाउँ, शिक्षालाई व्यवहारिक बनाउँ र शिक्षालाई उत्पादनमुलक बनाउँ । संविधानको भाषा यो हो नि अहिले । त्यसमा अगाडी बढाउनको निम्ति हामी सबैको साझा संकल्पको आवश्यकता छ’ उनले भने ।
मन्त्री पौडेलले शिक्षामा संरचनागत र नीतिगत सुधार आवश्यक रहेको भन्दै त्यसको सुधारका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गरे । 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार