सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ललितपुर महानगरपालिकाको प्राङ्गणमा महिला हस्तकला मेला सुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरणका लागि आर्थिक सवाल नै वाधक भएको निष्कर्षसहित ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् । भोलि (२४ गते) सम्म चल्ने मेलाको शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । कार्यक्रममा महानगर प्रमुख महर्जनले ललितपुर महानगरलाई वल्र्ड क्राफ्ट सिटीको घोषणाले उत्साहित बनाएको बताउँदै अब काम गरेर देखाउने समय आएको बताए । उनले भने, ‘तालिम, गोष्टी सेमिनार धेरै भए तर उपलब्धि हासिल भएन अब कार्यान्वयनमा जानुपर्छ ।’ उनले हस्तकलाका सामग्री उत्पादनलाई पुस्तान्तरण गर्नु जरुरी भएको स्पष्ट पार्दै अन्यथा यो पेशा संकटमा पर्ने बताए । ललितपुरलाई हस्तकलामा थप अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने उनको प्रतिवद्धता थियो । कार्यक्रममा महानगरपालिकाकी उप–प्रमुख गिता सत्यालले महिला हस्तकला मेला आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै महिला सशक्तिकरणका लागि उनीहरु आर्थिक रुपमा बलियो हुनुपर्ने बताइन् । उनले पूँजीको अभावमा महिला उद्यमीलाई व्यवसायबाट हात धुनुपर्ने स्थितिबाट जोगाउन बंैक तथा वित्तिय संस्थाहरुसंग सहकार्य गरी विनाधितो र सहुलियत दरमा ऋण उपलब्ध गराउन महानगरले सहजीकरणको भुमिका खेल्ने बताइन् । उपप्रमुख सत्यालले देशभर महिला हिंसा भई राखेकोप्रति इंगित गर्दै महिला हिंसा न्यूुनिकरणका लागि विद्यालय स्तरमा लैंगिक हिंसा सम्बन्धि कार्यक्रम ल्याउने तयारी भइरहेको बताइन् । हस्तकलाका सामान निर्यात तथा प्रवद्र्धनमा सघाउ पु¥याउन मेला आयोजना गरिएको मेला संयोजक तथा नेपाल हस्तकला महासंघ कार्यसमिति सदस्य सविता सिंहले जानकारी दिइन । यस्ता कार्यक्रमले महिला उद्यमीलाई प्रोत्साहित गर्ने र आर्थिक रुपमा महिलालाई सक्षम बनाउने बताइन् ।
नेपाल ब्यापार प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाका बस्तुहरुको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा नै प्रचारप्रसार गर्न कुटनीतिक नियोगहरुमा डेस्क स्थापना गर्न छलफल भइरहेको बताए । उनले कुल ग्राहस्त उत्पादनमा हस्तकलाका सामग्रीको योगदान महत्वपूर्ण भएको दाबी गरे । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य ललितपुर जिल्ला अदालतका न्यायधीशशिव बहादुर रानाभाट लगायतले बोलेका थिए । मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, , क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री राखिएका छन् । आयोजकका अनुसार मेलामा ५० स्टल राखिएको छ । मेलामा अपागंता भएका महिलाले उत्पादन गरेको सामग्रीको स्टल समेत रहेको छ ।