थप ३५ जनामा कोरोना सङ्क्रमण

बिहीबार, चैत १०, २०७८

काठमाडौँ, १० चैत  ।  पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो ।  

    मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २१९ रहेको छ । पछिल्लो २४ घण्टामा २६६ कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार १२७ पुगेको छ । निको हुने दर ९८।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कोहीको पनि ज्यान गएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र  काठमाडौँ रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन् । 

    नेपालमा सङ्क्रमण दर १७।७ प्रतिशत छ । हाल होम आइसोलेशनमा दुई हजार १७९, संस्थागत आइसोलेशनमा ४०, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार