पाकिस्तानमा कोरोनाबाट मृत्यु हुने शुन्यमा झर्‍यो

बिहीबार, चैत १०, २०७८

इस्लामावाद, १० चैत । पाकिस्तानमा पछिल्लो दुई दिनमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको सङ्ख्या शून्यमा झरेको छ । 
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार गत मङ्गलबार र बुधबार पाकिस्तानमा कोरोनाभाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन । 
कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुने क्रम भने नरोकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २१० जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १५ लाख २३ हजार ७२ पुगेको छ । दक्षिण एसियाली मुलुक पाकिस्तानले कोरोना भाइरस विरुद्धको लडाइमा सन्तोषजनक सफलता हासिल गरेको छ । 
पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने १८० रहेको अधिकारीहरूले जनाएका छन् । 
एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने बढेको देखिएको छ । 
पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म ३० हजार ३३३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार