दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

बिहीबार, चैत १०, २०७८
मयुर प्लाई
Global Ime Bank

सोल, १० चैत । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका छन् । २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिए । यहाँका अधिकारीले पछिल्ला केही दिनमा यहाँ कोरोना भाइरसका सङ्क्रमितको संख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन् । यहाँ बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्रमित पाइएको उनीहरुले बताएका छन् । दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ । अघिल्लो दिनमात्र यहाँ चार लाख ९० हजारको हाराहारीमा सङ्क्रमित भेटिएका थिए ।
सो निकायका अनुसार अहिलेसम्म यहाँ कोरोना सङ्क्रमित हुनेको संख्या एक करोड नाघेको छ । यहाँ पछिल्ला केही दिनमा दैनिक कम्तीमा पनि तीन लाखको संख्यामा सङ्क्रमित देखिने गरेका छन् ।
यहाँका अधिकारीले कोरियामा पछिल्ला हप्तामा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार