चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै

शनिबार नेपाल-चीन उच्चस्तरीय द्विपक्षीय वार्ता
शुक्रबार, चैत ११, २०७८

काठमाडौं, ११ चैत : चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् ।  परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्  । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र  १३ गतेलाई राखिएको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ ।  नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ बिदेश मन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार