केन्द्र सरकारसँग प्रदेश सरकारले माग्यो ५० प्रतिशत लागत सहभागिता 

सोमबार, फागुन २४, २०७७
मयुर प्लाई
Global Ime Bank

विराटनगर । प्रदेश नं. १ सरकारल आफूले सञ्चालन गरेको एक अर्बभन्दा माथिका संरचना र परियोजनामा ५० प्रतिशत लागत सहभागिताका लागि सङ्घीय सरकारसँग माग गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा सञ्चालित यस्ता योजनामा प्रदेश सरकारले मात्र सम्पन्न गर्न समस्या हुने भएकाले ५० प्रतिशत लागत सहभागी भइदिन सङ्घीय सरकारसँग माग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । दुई अर्ब रुपैयाँको लागतमा सञ्चालित मोरङको घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी बाटो, एक अर्ब २६ करोड रुपैयाँ लागतको इलामको सन्दकपुर पर्यटकीय बाटो, एक अर्ब ३५ करोड लागतको मोरङको किसान, रवि र आइतबारे सडक, एक अर्ब २७ करोड लागतको झापाको कन्काइ अमर बस सडक (दक्षिणी क्षेत्र भारतको सीमासँग जोडिने), सुनसरीको कोशी गाउँपालिका वडा नं ४ स्थित एक अर्ब ५० करोड रुपैयाँ लागतमा सञ्चालित योजना सम्पन्न गर्नका लागि रकम माग गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।–रासस

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ०६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार