सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु 

शनिबार, चैत १२, २०७८

काठमाडौं, १२ चैत  : नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक सुरु भएको हो । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन् । 

बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

नेपाल र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

Avatar

यसअघि परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।  नेपाल–चीन द्विपक्षीय बैठक सुरु हुनुअघि  दुई देशका परराष्ट्रमन्त्री भेटवार्ता गरेका हुन् । 

द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री सिंहदरबारमा 

नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबारआएका हुन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक केहीबेर अघि सुरु भएकाे छ । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका छन् भने  चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गरेका छन् । 

बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । 

 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार