ओली र प्रचण्डले पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री

आइतबार, चैत १३, २०७८

काठमाडौं, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन् । ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने भएका हुन् । 

यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री  यीसँग भेटवार्ता गर्ने भएका छन् । भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेशमन्त्री यीकाे ट भइसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार