स्वास्थ्य सेवा सुधार हुँदै

सोमबार, चैत १४, २०७८

महेन्द्रनगर, १४ चैत  ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेश सरकारले यहाँको स्वास्थ्य सेवा सुधार र वृद्धि गर्दै लगेको बताएका  छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा आज आयोजित निःशुल्क स्वास्थ्यशिविर उद्घाटन समारोहमा मन्त्री खड्काले प्रदेश सरकारले चालु वर्षलाई स्वास्थ्य सुधार वर्षका रुपमा अगाडि बढाएको जानकारी दिए  । यहाँको सेती प्रादेशिक अस्पताल ३००, महाकाली प्रादेशिक अस्पताल २०० र टीकापुर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरिरहेको बताउँदै मन्त्री खड्काले पहाडी जिल्लामा पनि अस्पतालको भौतिक संरचना र उपकरण लगायतका सुधार भएको जानकारी दिए   । “ सेती र महाकाली अस्पतालमा डाइलोसिस मेसिन जडान हुदैछ”, उनले भने ,“यहाँका सबै अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष सेवा विस्तार भएको छ ।”

विशेषज्ञ सेवा गाउँ–गाउँ पु¥याउन लागिएको भन्दै उनले उपचार भन्दा बिरामी नहुने शिक्षा दिन स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको सुरुआतसमेत भइसकेको बताए  । स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको सो कार्यक्रममा मन्त्री खड्काले प्रदेश सरकारले यहाँको पिपलाडी स्वास्थ्य चौकीलाई प्रदान गरेको भिडियो ए–क्सरे र इसिजी मेसिनबाट सोही अवसरमा सेवा उद्घाटनसमेत गरे  ।
 

 

 

 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार