कञ्चनपुरको महेन्द्रनगरमा मझगाउँ विमानस्थल निर्माण कार्य सुरु

मंगलबार, चैत १५, २०७८
मयुर प्लाई

महेन्द्रनगर, १५ चैत । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ ।   विमानस्थल निर्माणको लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिए । उनले विमानस्थल निर्माण कार्य सुरु भएको दुई हप्ता भएको बताए । श्रेष्ठले विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम सुरु भएको जानकारी दिए । विमानस्थलको निर्माणको लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उनले उल्लेख गरे । उनले भने, आयोजना २० दिन भयो काम सुरु भएको । यो विमानस्थलको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले पाएको छ । ४५ करोड ६६ लाख २४ हजार रहेको छ । ठेक्का भएको मितिले तीन वर्ष भित्र निर्माण कार्य सक्नु पर्ने छ । विमानस्थलको लागि सरकारले जग्गा समयमा नै उपलब्ध गराएमा समयमा नै निर्माण सक्ने योजनामा छांंै ।’  
त्यस्तै, मझगाउँ विमानस्थल पुर्नसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदुरपश्चिममा पर्ने कञ्चनपुर जिल्लाको पर्यटक विकासको ढोका खोल्ने बताउनु भयो । उहाँले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्ला मध्ये सबैभन्दा बढी पर्यटकिय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको बताए ।
त्यस्तै, भीमदत्त नगरपालिका वडा न.१६ का वडाध्यक्ष सुरेन्द्र विष्टले विमानस्थल निर्माणको लागि यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिहरुले चनावी घोषणा पत्रमा नै राखेकाले सबैको सहमतिमा निर्माण कार्य सुरु भएको बताए । उनले विमानस्थल निर्माण भएर पर्यटकिय विकास तथा यहाँका जनताले रोजगारी पाउने बताए । विष्टले  विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालन पछि काठमाडौंको पहिलो उडानमा जेष्ठ नागरिकलाई निशुल्क पशुपति घुमाउन लाने  योजना रहेको सुनाए ।
अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा  १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निमार्ण गरिने छ । विमानस्थल निर्माण कार्य सुरु भएसँगै स्थानियवासीहरु विमानस्थल सञ्चालन हुने आशाले हर्षित भएका छन । महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट यहाँका स्थानिय नागरिकले राजधानी काठमाडौं जान कैलाली स्थित धनगढी विमानस्थल जानु पर्ने बाध्यता रहेको छ । विमानस्थल निर्माणको लागि तीन तहका सरकारको लगानीमा निमार्ण हुन लागेको छ । जसमा ५० प्रतिशत नागरिक उडयन प्राधिकरण, २५ प्रतिशत सूदूरपश्च्मि प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । विमानस्थल सञ्चालनका लागि पुर्ननिमार्णमा लगानी सहकार्य गरेका स्थानिय तहले सञ्चालन गर्नमा पनि सहकार्य गर्ने बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार