अमेरिकाले नेपाललाई पठायो ३७ लाख खोप 

एक सातामा मात्रै १५ लाख खोप नेपाल भित्रियाे 
बिहीबार, चैत १७, २०७८

काठमाडौं, १७ चैत । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक साता भित्र करिब १५ लाख डोज कोरोनाविरुद्धको खोप उपलव्ध गराएको छ । कोभ्याक्स प्रणालीमार्फत अमेरिकाले नेपाललाई उक्त परिमाणमा खोप उपलव्ध गराएको हो । उसले अघिल्लो साता ७,६६,३५० मात्रा खोप नेपाललाई दिएको थियो । यसअघि नै आइपुगेका २३ लाख डोज कोभीड–१९ खोपमाथि थप ७,३२,४२० डोज कोभीड–१९ फाइजर खोप नेपाल आइपुगेको यहाँस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।  एक साताको समयमा मात्रै अमेरिकी सरकारले नेपाली जनताहरूको लागि झन्डै १५ लाख डोज फाइजर कोभिड–१९ खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई हस्तान्तरण गरेको छ । यो सँगै अमेरिकी सरकारको सहयोगमा नेपाललाई प्राप्त भएको कोभीड–१९ खोपको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन, ‘यो हाम्रो जिम्मेवारीको कुरा हो, जतिसक्दो धेरै जीवन बचाउनु हाम्रो मानवीय दायित्व हो, र हाम्रो मूल्यमान्यता प्रतिको उत्तरदायित्व पनि।’ हामी यो महामारी समाप्त नहुन्जेल निरन्तर एकसाथ काम गर्न प्रतिवद्ध छौं उनले भनेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार