प्रधानमन्त्री देउवाको भारत भ्रमणले 'जिओपोलिटिक्स'मा ठूलो माने राख्छ : अशोक मेहत्ता

बिहीबार, चैत १७, २०७८

काठमाडौं, १७ चैत : नेपाल-भारत राजनीतिक मामिलाका विज्ञ अशोक मेहताले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण महत्वपूर्ण भएको बताएका छन् ।

उनले न्युज कारखानासँग कुरा गर्दै देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताएका हुन् । 'कोरोनालगायत विभिन्न कारणले लामो समयदेखि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्न सकिरहेको अवस्था थिएन । तर, पाँच पटक प्रधानमन्त्री हुनुभएको देउवाको भारत भ्रमण महत्वपूर्ण छ,' उनले भने ।

उनले भौगोलिक 'जिओपोलिटिक्स' र राजनीतिक दृष्टिकोणले समेत देउवाको भारत भ्रमण महत्वपूर्ण हुने दाबी गरेका छन् । दुई देशको आर्थिक सम्वृद्धिमा समेत यो भ्रमण हत्वपूर्ण हुने आफूले बुझेको मेहताले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार