लालपुर्जा वितरण कानुन विपरीत : एमाले रुपन्देही

शुक्रबार, चैत १८, २०७८
मयुर प्लाई
Global Ime Bank

भैरहवा, १७ चैत । नेपाली कांग्रेसकाले सरकारी कागजात वितरण  गर्नु कानुन विपरीत भएको भन्दै एमाले रुपन्देहीले आपत्ति जनाएको छ ।

ओमसतिया गाउँपालिका-२ करबलामा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामकृष्ण खाणबाट सरकारी कागजात वितरण हुनु कानुन विपरीत भएकोले एमाले रुपन्देहीले आपत्ति जनाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले गैर कानुनी तरिकाले लालपुर्जा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । 

सरकारी ओहोदामा बसेको वा जनप्रतिनिधि वा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले मात्र वितरण गर्न पाउने उक्त सरकारी कागजात राजनीतिक पार्टीका नेतालाई प्रयोग गरेर वितरण गरिएको प्रति एमालेको आपत्ति छ ।

Avatar

'एमालेले रामकृष्ण खाण नेपाली कांग्रेसको सभापति बाहेक वर्तमान कुनै सार्वजनिक पद धारण गरेको व्यक्ती पनि होइन । उहाँ कुनै बेलाको जनप्रतिनिधि पनि होइन । सरकारी कार्यालयको कर्मचारी पनि होइन । वहाले कसरी भूमिहीनका लालपुर्जा लगेर वितरण गर्नु भयो यो गम्भीर विषय हो,' एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले भने ।

लालपुर्जा विहीनले लालपुर्जा पाउनु पर्ने उनले बताए । 'निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले सरकारी कार्यालयको मिलेमतोमा यो काम भएको छ । यसप्रति एमालेको गम्भीर आपत्ति रहेको छ,' उनले भने ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बुधबार ओम सतिया गाउँपालिका-२ करबलाका २४ घरधुरी लालपुर्जा विहीनलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लाल पुर्जा) वितरण गरेका थिए ।

नापी कार्यालय रुपन्देहीका प्रमुख कृष्णप्रसाद सापकोटाले लालपुर्जा वितरणको विषय आफूले पनि सुनेको तर वास्तविक कुरा केहो भन्ने बुझ्न बाँकी रहेको बताए ।

ओमसतिया गाउँपालिका-२ का अध्यक्ष ज्ञानेश श्रेष्ठले नापी कार्यालयले उपलब्ध गराएका लालपुर्जा कांग्रेस सभापतिलाई प्रमुख अतिथिको रूपमा निम्त्याएर वितरण गरेको बताए ।

एमाले लमजुङ पूरै पालिका जित्ने गरी लाग्ने 

नेकपा एमाले जिल्ला कमिटी लमजुङको दोस्रो बैठक स्थानीय निर्वाचनमा केन्द्रीत हुँदै जिम्मेवारी बाँडफाँटसहित सकिएको छ । बिहीबार बेसीशहरमा बसेको बैठक निर्वाचनमा केन्द्रीत हुँदै जिम्मेवारी बाँडफाँट गरेर सम्पन्न भएको हो । 

नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षता, केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारी ,केन्द्रीय सदस्य एवं लमजुङ सह–ईन्चार्ज जमीन्द्रमान घलेको उपस्थीतिमा भएको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पूरै वडा र पालिका जित्नेगरी योजना बनाएको छ ।

बैठकले जिल्ला कमिटीका सदस्यको जिम्मेवारी समेत बाडँफाँट गरेको छ ।

जिम्मेवारी अनुसार अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई संगठन विभाग प्रमुख तथा राईनास नगरापलिकाको ईन्चार्ज, उपाध्यक्ष यशोदा रिमाललाई बित्तिय कोष तथा व्यबस्थापन विभाग तथा  बेसीशहरको इन्चार्ज, सचिव शुभाष पौडेललाई कार्यालय, जनसंगठन समन्वय संयन्त्र तथा मध्यनेपाल नगरपालिकाको इन्चार्ज, उपसचिव जितबहादुर गुरुङलाई मस्र्याङ्दी र दुधपोखरीको इन्चार्ज, उपसचिव जनकराज मिश्रलाई बुद्धिजिवि परिषद तथा सुन्दरबजार नगरपालिकाको इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

बैठकले स्थानीय विभाग प्रमुखमा लोकराज पाण्डे, युवा इन्चार्जमा हिरालाल विश्वकर्मा, विद्यार्थी ईन्चार्जमा जुन तामाङलाई जिम्मेवारी दिएको छ । एमाले बैठकले १ सय १२ जना जिल्ला कमिटीका सदस्य सबैको जिम्मेवारी तोकेको छ ।

नेकपा एमालेको २३ वटा विभाग र २२ वटा जनवर्गिय संगठन रहेका छन् । यहि चैत २८ गते सबै पालिकाको बैठक बसेर उम्मेद्वार सिफारिश गर्ने, त्यो भन्दा अगाडी वडाको टुङ्गो लगाउने, अगामी बैशाख २ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बेसीशहरमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने र एमालेको सबै शक्ति स्थानीय निर्वाचनका लागि केन्द्रीत गर्ने बैठकले निर्णय गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार