सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १८ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगेका छन् ।
तीन दिनको भ्रमणका लागि आज भारत पुगेका देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको मुख्यालय पुगेका छन् । पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष जगत प्रकाश नड्डाले स्वागत गरेका थिए ।
५० सदस्य टोलीका साथ देउवा आज भारत भ्रमणमा गएका हुन् । उनले भोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
देउवालाई स्वागत गरेको भिडियो राख्दै भारतीय विदेश मन्त्रालयले भन्यो– एक विशेष मित्रको भव्य स्वागत
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको एक विशेष मित्र भएको बताएका छन् ।
तीन दिने भारतको औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै उनले सो कुरा बताएका हुन् ।
‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री अजय भट्टले स्वागत गरेको १८ सेकेण्डको भिडयो ट्वीटरमा राखी बागचीले लेखेका छन् ।
ट्वीटरमा उनले गत जुलाईमा प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो द्वपक्षीय विदेश भ्रमण भएको समेत उल्लेख गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत भ्रमणमा गएका हुन् ।
प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट भएकाे थियाे । प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा पुगेका थिए ।
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन् ।