मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप

शुक्रबार, चैत १८, २०७८

मुगु, १८ चैत । हिमाली जिल्ला मुगुका २८ हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिने भएको छ । दुर्गम जिल्ला मुगुमा २८ हजार ७ सय ८३ बालबालिका र विद्यार्थीलाई खोप लगाइने भएको हो । 

नेपाल सरकारले राष्ट्रिय अभियान कै रूपमा देशभर आगामी चैत २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको  स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । 

स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजनामा  जिल्ला स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम आगामी चैत २५ गते देखि वैशाख ८ गतेसम्म राष्ट्रिय अभियानकै समयमा जिल्लाका १ सय ५८ वटा विद्यालयमा जम्मा २१ हजार १ सय १६ विद्यार्थी र ७ हजार ६ सय ६७ विद्यालय बाहिरका १५ महिना देखि माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय मुगुका ब्यवस्थापक उमेश गौतमले जानकारी दिए । 

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइड विरुद्धको थपेर अव देखि नियमित खोप दिइने छ ।  र बाकी स्वास्थ्य संस्थाहरू गरि जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले जानकारी दिए । 

 छायाँनाथ रारा नगरपालिकामा १० हजार ,३ सय ३४ , मुगुम कार्मारोङ्ग गाउँपालिकामा २ हजार ८७ ,सोरु गाउँपालिकामा ८ हजार १ सय ९८  र खत्याड गाउँपालिकामा ८ हजार १ सय ६४ जना बालबालिकालाई टाईफाइटविरुद्ध खोप लगाइने जनाईएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार