सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १९ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटावार्ता हुँदैछ ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।
निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार विहान ११ः१० बजे हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वन अन वन’ भेटवार्ता सुरु हुनेछ ।
‘वन अन वन’ वार्ता कम्तीमा आधा घण्टा चल्ने जनाइएको छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा नेपाल–भारत द्विपक्षीय बैठक हैदरावादा हाउसमा नै हुनेछ ।
द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच कम्तीमा चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा दुवै देशका सम्बन्धी पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् ।
मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने प्रधानमन्त्री देउवाको आशा
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्री भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् ।
भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली पुगेका हुन् । उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालय पुगेका छन् ।