प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर : भारतीय विदेश मन्त्रालय 

शनिबार, चैत १९, २०७८

काठमाडौं, १९ चैत : भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् । 

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रा दुई देशबीचको मित्रता र सहयोगको विशेष सम्बन्धलाई प्रगाढ बनाउने नयाँ अवसर,’हैदरावाद हाउसमा देउवा र मोदी भेटघाट गरेको तस्विर सेयर गर्दै उनले लेखेका छन् । 

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री देउवाद्वारा राजघाट गई महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण 

 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार विहान नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधीस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गरेका छन् ।  भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा उनी शुक्रबार नयाँदिल्ली पुगेका हुन् । 

उनले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् । 

प्रधानमन्त्री देउवाको भोली वाराणासी जाने कार्यक्रम छ । उनी भोली नै स्वदेश फर्कने छन् । 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार