अर्घाखाँचीमा शुक्रबारदेखि टाइफाइडविरुद्धकाे खाेप अभियान सुरु हुने

सोमबार, चैत २१, २०७८

अर्घाखाँची, २१ चैत : अर्घाखाँचीमा टाइफाइड राेगविरुद्धकाे खाेप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएकाे छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियानका सदस्य सचिव रामप्रसाद गाैतमले जानकारी दिए । खाेप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएकाे स्थानमा विद्यालयमै खाेप केन्द्र निर्धारण गरिएकाे कार्यालयले जनाएकाे छ ।

खाेप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् । १५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धकाे खाेप लगाउने लक्ष्य लिइएकाे खाेप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्वर भुसालले जानकारी दिए । खाेप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खाेप केन्द्र कायम गरिएकाे छ । 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार