वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

बिहीबार, चैत २४, २०७८
मयुर प्लाई
Global Ime Bank

बागमती, २४ चैत  । मकवानपुरको हेटौँडा  उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा  हुँमागाँईले   उद्घाटन  गरे । 

 कुुखुरामा  वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि  चेकपोष्ट स्थापना गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । सो अवसरमा मन्त्री हुमागाईले   वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको छ भने  । कार्यक्रममा  निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार