सरकारद्धारा २० राजदूत सिफारिस

बिहीबार, चैत २४, २०७८

काठमाडौं, २४ चैत : सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हाे । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

को-को भए राजदूत सिफारिस

बिष्णुपुकार श्रेष्ठ-  चीन

बासुदेव मिश्र- श्रीलंका

दानबहादुर तामाङ- दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल- स्पेन

मिलन तुलाधर- रूस

डिल्लीराज पौडेल- मलेसिया

शान्ता रिजाल -इजरायल

नवराज सुवेदी- साउदी

घनश्याम बन्जाडे- बंगलादेश

दुर्गाबहादुर सुवेदी -जापान

निर्मलराज काफ्ले- ब्राजिल

भरतकुमार रेग्मी- अष्ट्रिया

सुशीलकुमार लम्साल - इजिप्ट

कैलाश पोखरेल- अष्ट्रेलिया

डिल्लीराज पौडेल- कतार

ज्योति प्याकुरेल -दक्षिण कोरिया

रामसुरज राय यादव- डेनमार्क

डोरनाथ अर्याल

हरिशचन्द्र घिमिरे

तिर्थराज वाग्ले

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार