बुढीगण्डकी अब स्वदेशी लगानीमा

चिनियाँ कम्पनी गेजुवा ‘आउट’
शुक्रबार, चैत २५, २०७८

काठमाडौं, २४ चैत : सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकालेर आयोजना सरकारले आफैंले बनाउने निर्णय गरेको हो । 

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढीगण्डकीबाट गेजुवालाई निकालेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार