सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २५ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोलिदेखि लागू हुने निर्वाचन आचारसंहिताबारे आयोगले अपराह्न पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ । निर्वाचन आचार संहिता आजराति १२ बजेदेखि लागू हुँदैछ । निर्वाचनका बेला दल तथा दलका उम्मेदवारहरुले पालना गर्नुपर्ने विवरण समेटेर निर्वाचन आचार संहिता लागू गरिन्छ । आयोगका पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा ५ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी गराउने आयोगको तयारी छ ।