डेरी उद्योग संघको अध्यक्षमा  राजकुमार दाहाल निर्वाचित

शुक्रबार, चैत २५, २०७८
मयुर प्लाई
Global Ime Bank

रुपन्देही   चैत २५ । डेरी उद्योग संघको अध्यक्षमा राजधानी डेरी  ललितपुरका  सञ्चालक  राजकुमार दाहाल निर्वाचित भएका छन् ।संघको आज बुटवलमा सम्पन्न १३ औं वार्षिक साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । निवर्तमान अध्यक्षमा अरनिको राजभण्डारी, उपाध्यक्षमा निरञ्जन श्रेष्ठ, महासचिवमा विश्वराज वस्नेत र कोषाध्यक्षमा पुष्पराज वस्नेत छन् ।

सदस्यमा जेनन सैंजु, रामचन्द्र उप्रेती, राजुबावु श्रेष्ठ, मिलनकुमार सिंह, सन्तोषलाल श्रेष्ठ र रविप्रसाद रिजाल चयन भएको  संघले जानकारी दिएको छ ।नवनिर्वाचित अध्यक्ष दाहालले विगत दुइवर्ष अवधिमा विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण कृषक तथा उद्यमी मारमा पर्न गएकोले चालु आर्थिक वर्ष पर्याप्तमात्रमा दुध उत्पादन हुन नसक्दा आगामी असार साउन महिनामा दुधको चरम अभाव हुने संभावना रहेको बताएका छन् ।

प्रादेशिक उत्पादनअनुसार लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको पनि अझै संगठित क्षेत्रका डेरीबाट दूधको कारोबार हुन नसकिरहेको बताए ।दाहालका अनुसार कुल उत्पादनको २१ प्रतिशत अर्थात चार लाख ६६ हजार मेटिकटन दूध लुम्बिनी प्रदेशमा उत्पादन हुने गरेको छ । दूधमा आत्मनिर्भर हुन अझै दैनिक दुइ लाख लिटर आवश्यक छ ।

प्रदेशका बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी पश्चिम लगायतका जिल्लामा उत्पादन हुने दूध अझै पनि संगठित क्षेत्रका डेरी उद्योगबाट कारोबार हुन नसकेको भन्दै बजार सुनिश्चितताक लागि दुग्ध किसानलाई संगठित क्षेत्रमै बिक्री गर्न उनले आग्रह  गरे  ।संघका अनुसार हाल दूधको वार्षिक उत्पादन २३ मेटिकटन रहेको छ, जसमध्ये गाइको करिब ३०देखि ३५ प्रतिशत र भैंसीको ६५ प्रतिशत रहेको छ । वार्षिक उत्पादन बृद्धिदर तीनदेखि चार प्रतिशत हाराहारीमा रहेको छ भने दुधको उपलव्धता प्रतिवर्ष प्रतिव्यक्ति ७९ लिटरमात्रै रहेको छ ।विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक प्रतिव्यक्ति दुइसय ५२ मिलिलिटर वा प्रतिव्यक्ति वार्षिक ९१ लिटर आवश्यक हुन्छ ।


 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  २३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार