भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

शनिबार, चैत २६, २०७८

नयाँ दिल्ली, २६ चैत । कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झन्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन् ।   सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा देशभरि एक हजार १५० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 
भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ ।  पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । 
महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 
पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।  
मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण ८३ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या भने पाँच लाख २१ हजार ६५६ पुगेको छ । –रासस/एएनआई
 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार