सकियो महिला चेम्बरको व्यापारमेला

बिहीबार, फागुन २७, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा आयोजित तीनदिने व्यापारमेला सकिएको छ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको मेलाका उत्कृष्ट उत्पादकलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुस्कार वितरण गर्दै महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुने विचार व्यक्त गरे ।  चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीको बजारीकरण गर्न मेला सफल भएको बताए ।  मेला आयोजक महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा तुल्याउन आवश्यक भएको बताइन् । उत्कृष्ट उद्यमी मण्डला सिल्कलाई प्रथम, अग्नि नेपाल प्रालिलाई द्वितीय र गोर्खा चेम्बर अफ कमर्सलाई तृतीय पुरस्कार पनि महानिरीक्षक खनालले प्रदान गरे ।  मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्तालगायत ९० उद्यमीले भाग लिएका थिए । मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार