उठाइयो हात नभएको लिंगो 

बुधबार, चैत ३०, २०७८
मयुर प्लाई
Global Ime Bank

भक्तपुर, ३० चैत । बिस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (नेपाल भाषामा ल्योसिंद्यो) ठडाइएको छ । प्रत्येक वर्ष वर्षको अन्तिम दिन दिउँंसो यहाँं यसरी नै लिंगो उठाउने गरिन्छ ।  यो लिगोलाई स्थानीय टोलबासीले उठाउने गरिन्छ । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी हेर्न पुग्छन् ।

प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । यो जात्रा हेर्न दसौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।  
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार