सोसल मिडिया
Contact Us
युनिकोड
ताप्लेजुङ, २ वैशाख : ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमले तीन सातापछि उडान सुरु गरेको छ । मौसम खुलेसँगै आज एकै दिनमा तीन उडान भर्न सफल निगम सफल भएको हो ।
तीन साता अगाडि नै टिकेट बुक गरेको यात्रुहरु ताप्लेजुङ,काठमाडौं आउजाउँ भएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए ।
प्रतिकुल मौसम तथा बाक्लो तुँवालो (हुस्सु) का कारण निरन्तर तीन साता सम्म उडान अवरुद्ध हुँदै आएको थियो । शुक्रबार, शनिबार र सोमबार गरि सातामा तीन उडान हुदै आएको छ । तर मौसमका कारण निरन्तर तीन साता उडान अवरुद्ध हुँदा आठ उडान रद्द गर्नु परेको थियो । हालको समय पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ । यता यो मौसममा नियमित उडान नहुँदा यात्रु थप मारमा परेका छन् ।