हावाहुरीले उडायो विद्यालयको छाना

शुक्रबार, वैशाख २, २०७९
मयुर प्लाई

खोटाङ, २ वैशाख : हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभूत विद्यालयको छाना उडाएको छ ।बिहीबार साँझ चलेको हावाहुरीले साबिकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो । हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ । 

छाना उडाएपछि कन्यछाँगा आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य बनेका छन् ।

Avatar 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार