सोसल मिडिया
Contact Us
युनिकोड
पर्सा । कोरोना महामारीका कारण थलापरेको अर्थतन्त्रलाई उकास्न सरकारले व्यापारमैत्री नीति ल्याउन उद्योग व्यवसायीले जोड दिएका छन् । वीरगञ्जमा आयोजित वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५औँ साधारणसभाका वक्ताहरूले करको दरलाई घटाउँन सरकारसँग माग समेत गरे । नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण खुम्चिँदै गएको अर्थतन्त्रलाई उकास्न तीनै तहको सरकारले व्यपारमैत्री कानून निर्माण आवश्यक रहेको धारणा व्यक्त गरे । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारले विदेश लगानी आकर्षित गर्ने नीति ल्याउन माग समेत गरे । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद ओमप्रकाश शर्मा, उद्योग वाणिज्य सङ्घ प्रदेश नं. २ का अध्यक्ष गणेश लाठ, प्रदेश उपाध्यक्ष आशोक बैधलगायतका वक्ताहरूले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धायोग्य नबनाएसम्म अर्थतन्त्रलाई बलियो बनाउन नसकिने विचार व्यक्त गरे । उनीहरूले उत्पादनको लागतलाई कम गर्न सरकारले करकोे दर, विद्युत् महशुल र बैंक व्याजदर घटाउन सुझाव दिए । कार्यक्रममा व्यतित्व तथा सङ्घसंस्थालाई सङ्घले सम्मान समेत गरेको थियो । पत्रकारिताको माध्यमले अर्थतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण योगदान दिने वरिष्ठ पत्रकार कन्हैयालाल केशरी, क्रान्ति साह, तुलसी भण्डारीलाई सङ्घले नगद पुरुस्कारसहित सम्मान गरेको थियो ।–रासस