भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै ९० प्रतिशतले वृद्धि

सोमबार, वैशाख ५, २०७९

    नयाँ दिल्ली, ५ वैशाख ।  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झन्डै ९० प्रतिशतले वृद्धि भएको छ ।कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ ।सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छ । त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

सङ्घीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९८.७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । 
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार