स्वास्थ्य लाभ गर्दै शताब्दी पुरुष सत्य मोहन जोशी 

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं, ६ वैशाख । स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीले स्वास्थ्य लाभ गरिरहेका छन् ।  स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटको चालमा गडबडी साथै रक्तचापमा कमी देखिएपछि जोशी अस्पताल भर्ना भएका हुन् । 
सुरुमा किष्ट शिक्षण अस्पताललको डिलक्स सुइटमा भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । जोशीको छातीमा निमोनिया संक्रमण देखा परेको र सोको उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई आइसीयूमा सारिएको थियो । 
१०२ वर्ष पूरा गरेका शताव्दी पुरुष, संस्कृतिविद् डा. जोशी किस्ट अस्पताल ग्वार्कोको ७३२ नम्वर क्याविनमा आराम गरिरहेका भिडियो शब्दपाटीले खिचेको छ । भिडियोमा जोशीसँग अस्तातालका चिकित्सकले स्वास्थ्य अवस्थाबारे साधेका छन् । उनलाई केही दिन उपचारपछि डिस्चार्ज गर्ने तयारी भइरहेको चिकित्सकले भनेका छन् । चिकित्सकको भनाईलाई डा.जोशीले ध्यान दिएर सुनेको देखिन्छ । 
‘यसपाली विरामी हुँदा अलि कमजोर भएको छु’ जोशीलाई भेटेका पत्रकार बलराम प्यासीले सोमबार आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
‘१०२ वर्ष पुरा गर्नुभएका शताव्दी पुरुष, संस्कृतिविद् डा.सत्यमोहन जोशी हजुरबासँग उहाँ उपचाररत किस्ट अस्पताल ग्वार्कोको ७३२ नम्वर क्याविनमा भेट्ने अवसर जुट्यो’ पत्रकार प्यासीले लेखेका छन्, ‘अस्पताल प्रशासनसंग लामो अनुरोधपछि उहाँलाई भेट्दा उहाँ बेडमा बसेर हरियो काँक्रोको गिद्रोका ससाना टुक्रा खाँदै हुनुहुन्थ्यो । ‘यसपाली विरामी हुँदा अलि कमजोर भएको छु उहाँले भन्नुभयो’ ।
‘उहाँको दुवै आँखा गढेका र शरीर पनि कमजोर जस्तो देखिन्थ्यो’ प्यासीले लेखेको छन् । 
वैसाख १ गतेदेखि मुटुको चालमा गडबडी र पिसाबको संक्रमण भएपछि उनलाई उपचारको लागि किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ‘शनिवार भन्दा आइतवार स्वास्थ्य अवस्थामा सुधार भएपछि उहाँलाई आइसीयूबाट क्याविनमा सारिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताउनुभयो’ प्यासीले फेसबुक वालमा लेखेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार