सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, ६ वैशाख । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ थियो । आज साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए। पार्टीका पूर्वमहामन्त्रीसमेत रहनु भएका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि वढ्नुपर्ने बताए । उनले भने, “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए।–रासस