रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखका लागि एमालेद्वारा ८ जनाको नाम सिफारिस

मंगलबार, वैशाख ६, २०७९

रौतहट, ६ वैशाख : रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।  एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । 

वैशाख ३ गतेदेखि ६ गतेसम्म बसकेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको हो । 

नगरपालिका प्रमुखका लागि राजु धामी, शिवप्रसाद आचार्य, प्रमोद चौधरी, सुनिल तिमल्सिना, शारदा हुमागाईं, कोपिला तिमल्सिना, नौतम पोखरेल र ऋश्वेश्वर दाहालको नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको नगर कमिटी अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार