प्रधानमन्त्रीबाट हटाउन विपक्षीलाई ओलीको चुनौती

माधव समूहलाई अलमलमा नलागी फर्कन आह्वान 
शनिबार, फागुन २९, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । राजधानीमा शनिबार नेकपा एमालेको भातृ संगठन अलिख नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए । ‘प्रधानमन्त्रीबाट हटे पनि अबको २० महिनापछि नेकपा (एमाले) दुईतिहाइका साथ सिंहदरको मूलढोकाबाट प्रवेश गर्नेछ’ प्रधानमन्त्री ओलीले जिकिर गरे । उनले आफूहरुलाई प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको समेत बताए ।
‘सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छाैं, प्रधानमन्त्रीले ओलीले थपे । उनले आफ्नो गन्तव्य सत्ता नभई समृद्ध नेपाल र सुखी नेपाली बनाउनु रहेको सुनाए । प्रधानमन्त्री ओलीले एउटा शक्ति दुईतिहाइको पार्टी भत्काइ पार्टी ध्वस्त पारेर टालाटुली जोडेर टाले सरकार बनाउन उद्दत रहेको र उनीहरु प्रधानमन्त्री खाइदिनुस् न भनेर कुदिँरहेका बताए ।  उनले अस्थिरताको खेल खेल्ने र बाटाबाटामा अध्यक्षको पगरी बाँधेर हिँड्ने तत्वलाई जनताले सबक सिकाउनुपर्ने बताए ।  प्रधानमन्त्री ओलीले उनीहरुको उद्देश्य नै देश बर्बाद गर्ने रहेको र अरुका लागि ‘कम्फरटेबल’ सरकार बनाउने योजना रहेको सुनाए ।  मुलुकमा नक्कली लोकतन्त्रवादीहरु सक्रिय रहेको र उनीहरुले देशलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।  उहाँले एउटा समूह विकासको लहर ल्याउने केपी ओलीलाई हटाउनुप¥यो, तपाईंले प्रधानमन्त्री खाइदिनुप¥यो भनी किस्ती बोकेर विभिन्न ठाउँमा निवेदन हाल्न पुगेको बताउँदै आफू कसैको अगाडि किस्ती बोकेर निवेदन हाल्न नजाने प्रष्ट पारे । उनले आन्दोलनको नेतृत्व गर्ने पार्टीलाई ध्वस्त पार्ने तरिका चिरेरै छाड्ने चेतावनी दिए । 

माधव समूहलाई अलमलमा नलागी फर्कन आह्वान 
प्रधानमन्त्री ओलीले नेकपाको माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहसहितका कार्यकर्तालाई कुनै अलमलमा नलागी पार्टीमा एकताबद्ध हुन आग्रह गरेका छन् । उनले विगतमा आफूलाई हटाएजस्तो गरी कसैलाई अध्यक्ष वा पार्टी सदस्यबाट ननिकालेको तर कार्यसम्पादनका लागि केही नेतालाई कामको जिम्मेवारी दिएको जानकारी गराए ।  उहाँहरु (माधवकुमार नेपाल र झलनाथ खनाल समूह) आएपछि कसरी अघि बढ्ने भन्ने कुरा छलफलबाट टुङग्याउन सकिने भएकाले कुनै अलमलमा लाग्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 
प्रधानमन्त्री ओलीले आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको जानकारी गराउँदै भने, ‘सुनिन भन्न पाइने छैन, अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था भएअनुसार हुँदै जानेछ, त्यसैले सुन्ने गरी भनेको छु चैत ७ गतेको बैठकमा आउनुहोला ।’ शुक्रबार माओवादी केन्द्रमा रहेका नेता÷कार्यकर्तालाई पनि एकतामा कायम हुँदै अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । ‘म स्वागत गर्छु, आउनुहोस् सँगै मिलेर अघि बढौँ, बाटो बिराएकालाई पनि म भन्न चाहन्छु सच्चिनुहोस् आउनुहोस्, उनले भने ।  केपी ओलीलाई ठेगान लगाउन आए बाटोमै ठेस लाग्नेसमेत उनले बताए । 
सम्बोधनका  क्रममा उनले वर्तमान सरकारले आफ्ना निम्ति नभई मुलुकको सुशासन र जनताका निम्ति अभियान चालिरहेको र खुट्टा तान्दातान्दै केही वर्षभित्रैमा विकासका योजना साकार पारेरै छाड्ने .उद्घोष पनि गरे ।  प्रधानमन्त्री ओलीले विसं २०५१ बाट मासिक १०० रुपैयाँबाट शुरु भएको वृद्धाभत्ता अहिले तीन हजार पु¥याएको र पाँच हजार रुपैयाँ पु¥याउने लक्ष्य रहेको जानकारी गराए । 
उहाँले भत्ता चार हजार भने छिट्टै बनाउने पनि उद्घोष गरे । उनले लडाइँमा होमिएर शहीद भएका परिवार, घाइते भएका लडाकु तथा काख रित्तिएका बाबुआमा छन् तर सशस्त्र द्वन्द्वका सञ्चालकलाई त्यसको सम्झना नरहेका बेला अहिलेको सरकारले पीडा सुनेर मल्हमपट्टी लगाउन थालिसकेको जानकारी गराए । 
योग्यता क्षमताले सांसद भयो भने कसैले अपमान गर्न खोज्ने प्रवृत्तिप्रति सचेत हुन आग्रह गर्दै उनले त्यस्ता व्यक्तिको मानसिक चिन्तनमै अपरेशन गर्नुपर्ने बताए । सामाजिक न्याय र समानता देख्न नसक्ने प्रवृत्ति समाजमा अझै कायम रहेको र त्यसका लागि सशक्त भएर लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । 
उपप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरताको घिनलाग्दो खेल शुरु भएको र समाजमा अराजकता तथा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेकाले त्यसप्रति सचेत हुन आग्रह गरे । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको विचार, राजनीति र कार्यदिशा नै उपयुक्त भएको बताए । उनले आफू सांसद पद छाड्न तयार रहेको तर अहिलेको कार्यदिशा नछाड्ने प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार