डिशहोम फाइबरनेट सेवा अब दाङ्गको तुलसीपुरमा पनि  

बिहीबार, वैशाख ८, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं, ८ वैशाख । डिशहोम फाइबरनेटले दाङ्गको तुलसीपुरमा सेवा सुरुवात गरेको छ ।  यसअघि डिशहोमले काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, बिराटनगर , नेपालगञ्ज, धनगढी तथा सुर्खेत सहित मुलुकमा अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ । छिटै नेपालका अन्य स्थानमा पनि आफ्नो पहुँच विस्तार गर्दैछ । कम्पनीले समग्र नेपालमा पुग्ने लक्ष्यसहित अघि बढेको छ । 
डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । 
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  फाइबरनेटका योजनाहरु १० Mbps  देखि ६०० Mbpsसम्म उपलब्ध छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार