तोलामा ४०० ले बढ्यो सुनको मूल्य

आइतबार, चैत १, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  फागुन २८ गते अर्थात शुक्रबार छापवाला सुन तोलामा ८६ हजार २०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० रुपैयाँमा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोवार भएको थियो । 
चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार