भक्तपुरमा एकदिने हाट बजार सञ्चालन

शनिबार, वैशाख १०, २०७९
मयुर प्लाई
Global Ime Bank

भक्तपुर, १० वैशाख  । भक्तपुर चेम्बर अफ कमर्सको प्रस्तुतीमा भक्तपुरमा शनिबार एकदिने हाट बजार सञ्चालन भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धनको लागि जुजु इभेण्टसले हाट बजार सञ्चालन गरेको हो ।
 भक्तपुर दरबार स्क्वायर परिसरमा रहेको वत्सला गार्डेन रेष्टुरेण्टमा हाट बजार सञ्चालन भएको हो । हाट बजारमा २५ वटा स्टल रहेका थिए । खाद्य सामग्री, हस्तकलाका सामग्री, कृषि उत्पादन, नेपाली लत्ताकपडालगायतका स्टल रहेका थिए ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक समारोहबीच हाट बजारको उद्घाटन गरेका हुन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार