गोदावरीमा गजेन्द्र 

ललितपुरमा यस्तो बन्यो गठबन्धन 
आइतबार, वैशाख ११, २०७९

काठमाडौं, ११ वैशाख । ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले निवर्तमान मेयर गजेन्द्र महर्जनलाई दोहोर्‍याउने भएको छ । उपमेयरमा पनि निवर्तमान उपमेयर मुना अधिकारीनै दोहोरिने भएकी छन् । स्थानीय तहको निर्वाचनका लागि आइतबार उम्मदेवारी मनोनयनको क्रम चलिरहेका बेला कांग्रेसले उम्मेदवार तय गरेको हो । ललितपुरका बाँकी तहमा पनि उम्मेदवारहरुको सूची लगभग तय भइसकेका कांग्रेस जिल्ला तहका नेताले जानकारी दिए ।  
आइतबार मात्रै सत्ता गठबन्धनका दलहरुबीच स्थानीय तहको सिटबाँडफाट गरेका थिए । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ । महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।
यस्तो छ गठबन्धनको निर्णय 
ललितपुर महानगरपालिका
प्रमुख  : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र

..........

गोदावरी नगरपालिका
प्रमुख : नेपाली काग्रेस
उपप्रमुख  : नेपाली काग्रेस

..........

महालक्ष्मी नगरपालिका
प्रमुख :  नेकपा माओवादी केन्द्र
उपप्रमुख : नेपाली काग्रेस

.............

कोन्ज्योसोम गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस

.............

 बागमती गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र

........... 

महांकाल गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार