ललितपुरमा एमालेका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

सोमबार, वैशाख १२, २०७९

ललितपुर, १२ वैशाख । ललितपुर महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई उम्मेदवार बनाएको छ । उनीहरूले आज दिउँसो जावलाखेलस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् । 

नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले  मेयरमा व्यञ्जनकारलार्इ सर्वसम्मत उम्मेदवार चयन भएका थिए । शनिबार बसेका बैठकले उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् ।
गत २०७४ को निर्वाचनमा महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग झिनो मतान्तरले पराजित भएका थिए । काङ्ग्रेसबाट चिरीबाबु महर्जन नै दोहोरिएकाले व्यञ्जनकार र महर्जन बीच कडा टक्कर हुने सम्भावना देखिन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार