सोसल मिडिया
Contact Us
युनिकोड
नेपालगञ्ज, १२ वैशाख । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बाँकेमा नेपाली कांग्रेससहितका गठबन्धन दलका तर्फबाट र नेकपा ९एमाले० ले आज यहाँ उम्मेदवारी दर्ता गराएका छन् । सो क्रममा नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका प्रमुखका लागि पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले मनोनयन दर्ता गराएका छन् । दुवै एमालेका केन्द्रीय सदस्य हुन् । त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दिन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुबै पार्टीले आफ्ना कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । उपमहानगरपालिकाको २३ वटै वडामा एमाले र कांग्रेसले वडाध्यक्ष र सदस्यको मनोनयन गर्ने कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । जिल्लाको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट पूर्णप्रसाद आचार्य र उपप्रमुखमा सङ्गीता अधिकारीले उम्मेदवारी दर्ता गराएका थिए । यसैगरी एमालेका तर्फबाट प्रमुख पदमा खीलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता थारुले मनोनयन दर्ता गराएका छन् । खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि एमालेको तर्फबाट सुमन मल्लले मनोनयन गराए । उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको एकल उम्मेदवारी दिने भनिए पनि अझै उम्मेदवारको टुङ्गो नलागेको बताइएको छ । अन्य केही स्थानीय तहमा माओवादीले गठबन्धनसहित उम्मेदवारी दिएका छन् । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तह रहेको छ ।–रासस