एमालेले अध्यक्ष उठ्न पठाएका उम्मेद्वार उपाध्यक्षमा निर्विरोध

मंगलबार, वैशाख १३, २०७९

पोखरा, १२ वैशाख : नेकपा एमाले प्रदेश कमिटीले अध्यक्षको उम्मेद्वार बनाएर पठाएका व्यक्ति उपाध्यक्षमा निर्विरोध भएका छन् । एमालेले मनाङको नार्पाभूमी गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई उठाउने निर्णय गरेको थियो । तर उनी उपाध्यक्ष बनेका हुन् ।

अध्यक्षमा कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा सहित ३ जना उठेका छन् । कांग्रेसबाटै कृष्णबहादुर लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेद्वारी दिएका हुन् । अध्यक्षमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ ।
यस्तै, वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भए । बाँकी २ वडामा २/२ जना उठेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, वैशाख १३, २०७९