सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडाैं, १५ वैशाख : पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति गण्डकी र प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ ।
शुक्रबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।