सोसल मिडिया
Contact Us
युनिकोड
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताएका हुन् । उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न अनुरोध गरे ।
'गठबन्धनले पहिलो पटक निर्देशन पठाएको थियो । वैशाख ११ गते जिल्लास्थित शीर्ष नेताको बैठकमा निष्कर्ष विहीन भएकाले अब सबै पार्टी एक्ला एक्लै चुनावी प्रतिस्पर्धा हुने बताए ।
नेपाली कांग्रेस जुम्ला सभापति कर्णबहादुर शाहीले जुम्लाको अवस्था अस्तव्यस्त भएकाले गठबन्धन सम्भव नभएको बताए ।
त्यस्तै एकीकृत नेकपा समाजवादीका जिल्ला सचिव आदीप्रसाद न्यौपानेले केही दिन पहिले नै गठबन्धन नहुने निष्कर्षमा पुगेको बताए । उनले लामो समय गृहकार्य गरे पनि गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।
त्यस्तै गठबन्धनका लागि वैशाख १२ गते प्रदेश स्तरीय गठबन्धनले गाउँपालिकाको नेतृत्व बाडफाड गरेको थियो । तर, त्यो दिन मतदान केन्द्रमा उम्मेदवारी दर्ता गर्न गइसकेकाले गठबन्धनको सम्भावना सकिएको छ ।